मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी, १२ मङ्सिरः सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ ।

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका रहेका छन् । गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका रहेका छन् । विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए । पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ । विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द
२०८३ मंग्सिर १२, शनिबार
दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण
२०८३ मंग्सिर १२, शनिबार
कर्णालीका दुर्गम बस्तीमा आँखा तथा कान उपचार सेवा पुर्याउँदै नेत्रज्योति सङ्घ
२०८३ मंग्सिर १२, शनिबार
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
२०८३ मंग्सिर १२, शनिबार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
२०८३ मंग्सिर १२, शनिबार
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने
२०८३ मंग्सिर १२, शनिबार
भियतनाममा थप ६ अपराधका लागि मृत्युदण्ड खारेज, ४४ बाट घटेर ४ मा सीमित
२०८३ मंग्सिर १२, शनिबार