मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा MSC भर्नाका लागि आवेदन खुला

विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत १९ विषयमा स्नातकोत्तर तहमा भर्ना खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IOST), डीनको कार्यालयले शैक्षिक सत्र २०८३ का लागि स्नातकोत्तर (M.Sc.) तहको नयाँ विद्यार्थी भर्नासम्बन्धी प्रवेश परीक्षा आवेदन खुला गरेको छ।

संस्थानअन्तर्गतका केन्द्रीय विभाग, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा सेमेस्टर प्रणाली (Grading System) अनुसार पठनपाठन हुने विभिन्न १९ वटा विषयहरूमा भर्ना हुन इच्छुक विद्यार्थीहरूका लागि आवेदन आह्वान गरिएको हो।

जसमा भौतिक शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, प्राणी शास्त्र, माइक्रोबायोलोजी, वातावरण विज्ञान, भूगर्भ शास्त्र, इन्जिनियरिङ जियोलोजी, जल तथा मौसम विज्ञान, जैविक प्रविधि, बायोडाइभर्सिटी एण्ड इन्भाइरोमेन्टल म्यानेजमेन्ट (BEM), इन्भाइरोमेन्टल हेल्थ इन डिजास्टर (EHD), खाद्य प्रविधि, तथ्याङ्क शास्त्र, गणित, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (CSIT), माउन्टेन एण्ड माउन्टेनियरिङ साइन्स (M.Sc.MMS), मास्टर इन डाटा साइन्स (MDS) र मास्टर इन इन्फर्मेसन टेक्नोलोजी (MIT) रहेका छन्।

आवेदन मिति र शुल्क: इच्छुक आवेदकहरूले २०८३ मङ्सिर ११ गते बिहान १०:०० बजेदेखि २०८३ पुस १६ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्। प्रवेश परीक्षा शुल्क रु. २,२०० तोकिएको छ, जुन अनलाइन पोर्टल वा ग्लोबल आई.एम.ई. बैंक लिमिटेडको जुनसुकै शाखाबाट विशेष भौचरमार्फत बुझाउन सकिनेछ। आवेदनका लागि संस्थानको वेबसाइट iost.tu.edu.np मा गएर आवश्यक कागजात (ट्रान्सक्रिप्ट, मार्कसिट, हस्ताक्षर र एमआरपी स्ट्यान्डर्ड फोटो) अपलोड गर्नुपर्नेछ।

परीक्षा प्रणाली र कोटा: प्रवेश परीक्षा १०० पूर्णांकको र २ घण्टा अवधिको हुनेछ, जसमा १ अंकभारका बहुवैकल्पिक (Objective/MCQ) प्रश्नहरू सोधिनेछन्। परीक्षा उत्तीर्ण हुन न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ। निर्धारित कुल सिटमध्ये ८० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र २० प्रतिशत समावेशी कोटाबाट विद्यार्थी छनोट गरिने डीनको कार्यालयले जनाएको छ। प्रवेश परीक्षाको मिति, समय र केन्द्र भने पछि प्रकाशित गरिने सूचनामा उल्लेख छ।

May be an image of ticket stub, blueprint and text

May be an image of ticket stub and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया