मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

सरकारी सूचीकरणविरुद्ध नेवार समुदायको आपत्ति, दलित आयोग खारेजीको माग

नेवार समुदायका ४० थर दलित सूचीमा राखिएको भन्दै विरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेवार समुदायका ४० थरलाई दलित सूचीमा समावेश गरिएको सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै काठमाडौँको असनमा विरोध प्रदर्शन गरिएको छ । शनिबार असन डबलीमा भेला भएका नेवार समुदायका व्यक्तिहरूले सम्बन्धित समुदायसँग परामर्श नगरी र पर्याप्त अध्ययनबिना गरिएको सूचीकरणले सांस्कृतिक पहिचान तथा सामुदायिक आत्मसम्मानमा असर पुर्‍याएको भन्दै निर्णय सच्याउन माग गरेका हुन् ।

May be an image of one or more people and textप्रदर्शनमा सहभागीहरूले सरकारले कुनै पनि समुदायको पहिचान र सामाजिक अवस्थाबारे निर्णय गर्दा ऐतिहासिक तथ्य, वैज्ञानिक अध्ययन र सम्बन्धित पक्षसँगको परामर्शलाई आधार बनाउनुपर्ने बताएका थिए ।

प्रदर्शनकारी सुशन वैद्यले नेवार समुदायका ४० थरलाई दलित सूचीमा समावेश गर्ने क्रममा दलित आयोगले सम्बन्धित समुदायसँग छलफल नगरेको र वैज्ञानिक अध्ययनसमेत नगरेको आरोप लगाए । उनले यस्तो निर्णय स्वीकार्य नहुने बताउँदै निर्णय नसच्चिए विरोधका कार्यक्रम थप सशक्त बनाइने चेतावनी दिए । नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका सभापतिसमेत रहेका वैद्यले पार्टीले पनि यस विषयमा थप विरोध गर्ने बताए ।

May be an image of one or more people, temple and textनेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले सरकारी निर्णयले नेवार समुदायको सांस्कृतिक पहिचानमाथि असर पारेको बताइन् । उनले नेवार समुदायमा दलित वर्ग नरहेको आफ्नो धारणा राख्दै सूचीमा जीवित देवीको थरसमेत समावेश गरिएको उल्लेख गरिन् । सम्बन्धित समुदायसँग समन्वय नगरी निर्णय गरिएको भन्दै उनले यसले भविष्यमा जातीय तनाव निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिन् ।

त्यस्तै, कांग्रेसकी अर्की केन्द्रीय सदस्य सपना राजभण्डारी जोशीले राजपत्रमा प्रकाशित सूची पर्याप्त अध्ययन र अनुसन्धानबिना तयार गरिएको आरोप लगाइन् । समुदायसँग परामर्श नगरी गरिएको निर्णयले नागरिकको भावना र आत्मसम्मानमा चोट पुगेको उनको भनाइ थियो । निर्णय नसच्चिए विरोधका कार्यक्रम थप विस्तार हुन सक्ने उनले चेतावनी दिइन् ।

प्रदर्शनकारीहरूले ‘ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर’, ‘आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन प्रमाण हेर्ने’, ‘न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन’ र ‘विरोध र द्वन्द्व हिंसाका लागि होइन, अधिकार र पहिचानका लागि’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।

उनीहरूले सरकारको निर्णय सच्याउनुपर्ने मागसँगै दलित आयोग खारेज गर्नसमेत माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी सूचीकरणविरुद्ध नेवार समुदायको आपत्ति, दलित आयोग खारेजीको माग
२०८३ मंग्सिर १२, शनिबार
हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी
२०८३ मंग्सिर १२, शनिबार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्म बमोजिम सञ्चालन
२०८३ मंग्सिर १२, शनिबार
भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
२०८३ मंग्सिर १२, शनिबार
शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर १२, शनिबार
वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता
२०८३ मंग्सिर १२, शनिबार
युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट
२०८३ मंग्सिर १२, शनिबार