मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

कांग्रेसभित्र एकता र सहकार्यको आह्वान गर्दै परमेश्वरले घोषणा गरे मेयरको उम्मेदवारी

लहानको नेतृत्वका लागि कांग्रेस नेता परमेश्वर साह चुनावी मैदानमा उत्रिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिराहा । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन सिराहा शाखाको आयोजनामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत साहले आगामी स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा करिब ३० वर्षदेखि सक्रिय साह नेविसंघ सिराहाका पूर्व जिल्ला सभापतिसमेत हुन् । उनी कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारसमेत बनेका थिए ।

पत्रकार सम्मेलनमा साहले पार्टीभित्र विभिन्न नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्न पाउनु विधानसम्मत अधिकार भएको बताए । तर, पार्टीले अन्तिम निर्णय गरेर जसलाई टिकट दिए पनि सबै नेता तथा कार्यकर्ता एकजुट भएर जिताउन लाग्नुपर्ने उनको भनाइ थियो।

लहान नगरपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा पहिलो पटक मेयर निर्वाचित भएपछि विकास निर्माणका धेरै काम भएको उल्लेख गर्दै साहले आगामी दिनमा पनि नगरको नेतृत्व कांग्रेसकै हुनुपर्ने धारणा राखे । कांग्रेसको नेतृत्वमा लहानको विकासले थप गति लिने उनको दाबी छ।

उम्मेदवारी घोषणा गर्दै साहले पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मतदान स्थल पुनरवलोकन गर्दै निर्वाचन आयोग
२०८३ मंग्सिर १३, आइतबार
कांग्रेसभित्र एकता र सहकार्यको आह्वान गर्दै परमेश्वरले घोषणा गरे मेयरको उम्मेदवारी
२०८३ मंग्सिर १३, आइतबार
प्रमुख दुई उत्तरी नाका साढे दुई महिनादेखि बन्द
२०८३ मंग्सिर १३, आइतबार
दसौं राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
२०८३ मंग्सिर १३, आइतबार
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्रको गृहकार्य
२०८३ मंग्सिर १३, आइतबार
न्याय प्रशासन सुधार प्रतिवेदन : जिल्ला अदालतलाई थप अधिकार
२०८३ मंग्सिर १३, आइतबार
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
२०८३ मंग्सिर १३, आइतबार