श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काँग्रेसको केन्द्रिय समितीको बैठक अगाडी बुढानिलकण्ठमा अनौपचारिक बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली काँग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीका र गुटगत आधारमा बोलाइएको केन्द्रीय सदस्यहरुको बैठक शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अनौपचारिक रुपमा सुरु भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीतका निर्णयहरु सच्चाउनुपर्ने भन्दै सभापतिलाई १६ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

असन्तुष्ट पक्षले बुझाएको ज्ञापनपत्र विरुद्ध संस्थापन पक्षीय नेताहरुको भने खण्डन गर्दै, प्रतिवाद गरिरहेका छन । संस्थापन पक्षले भने सबै निर्णय विधान सम्मत भएको बताएको थियो ।

केन्द्रीय समितिको बैठक अगावै विवाद मिलाएर केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल गर्नुपर्ने सभापति देउवाको तयारीलाई पौडेल पक्षले कडा प्रतिवाद गर्दै, आफूहरूले उठाउँदै आएका माग सम्बोधन नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा अनुपस्थित हुने अडान लिएको छ ।

केन्द्रिय समितीको बैठक बस्नुअगाडिनै सभापति देउवाले छलफलबाट सहमति जुटाएर २४ गतेको केन्द्रीय कार्यसमिति बैठकमा जाने तयारी गरेका छन । साथै उनले महाधिवेशनको कार्यतालिका संशोधन, संसदको विशेष अधिवेशन बोलाउने, म्याद सकिएका भ्रातृ संस्थाको थपिएको समय अनुमोदनलगायतका विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डाका रुपमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार