काठमाडौँ । नेकपा (संयुक्त) ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल नेतृत्वको उक्त दलले संसद्लाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति र सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोधमा सडकमा उत्रिने जनाएको हो।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालका अनुसार नवनिर्वाचित सरकारका निर्णयप्रति असहमति जनाउँदै वैशाख २३ गते दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरिनेछ। उनले बर्खायामको सुरुआतमा सुकुम्बासीहरूलाई घरवारविहीन बनाउने कदम मानवीय दृष्टिले पनि अस्वीकार्य भएको बताए।
पार्टीले उक्त प्रदर्शनमार्फत सरकारलाई खबरदारी गर्ने उद्देश्य राखेको छ। साथै कार्यक्रममा पार्टी कार्यकर्ता, समर्थक र आम नागरिकलाई सहभागी हुन अपिल गरिएको छ, जसले प्रदर्शनलाई शक्ति प्रदर्शनका रूपमा लिने संकेत दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया