असार ५, २०८३ शुक्रबार June 19, 2026

पार्टी फोड्ने कुरा गर्ने अपराधी हो, त्यस्तालाई जनताले धिक्कार्छन् – माधव नेपाल, वरिष्ठ नेता, नेकपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आज नेकपा अध्यक्ष ओली र महासचिव विष्णु पौडेल लगायतका नेताबाहके केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बस्नुभयो, बैठकको निष्कर्ष के हो ? 

पार्टीभन्दा ठूलो केही पनि होइन । सबै समस्या पार्टीकै बैठकमा राख्नुपर्छ । सकडमा छर्ने होइन, बाहिर ल्याउने होइन । बैठकले निकालेको निष्कर्ष त्यही हो ।

तपाईंहरूले त्यसरी बेग्लै अनौपचारिक बैठक गरेपछि त नेकपा फुट्ने हो कि भन्ने व्यापक आशंका हुन थालेको छ नि ?

पार्टी र आन्दोलन समाप्त हुँदैन, फुट्दैन । पार्टीको सिस्टममा सबै बाँधिनुपर्छ । पार्टीभन्दा ठूलो कोही पनि छैन । कमिटी प्रणाली र बहुमतलाई जसले स्वीकार गर्दैन, त्यो कम्युनिस्ट हुन लायक नै हुँदैन ।

पार्टी फुट्दैन भन्ने तपाईको दावी छ, तर जुट्ने सम्भावना कति छ ? 

पार्टीको निर्णय पालना गरेर चल्नुपर्‍यो नि, किन फुट्छ पार्टी ? जसले फोड्ने कुरा गर्छ, त्यो अपराधी हुन्छ, कम्युनिस्ट आन्दोलनविरोधी हुन्छ, कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको ठहर हुन्छ । जनताको नजरमा पार्टीका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई धिक्कार्छन्, उसको सती जाँदैनन् । कसैले पार्टी फुटाउने दुस्साहस गर्छ भने एउटा नेताको पुच्छर समातेर कोही पनि सती जानेवाला छैन ।

दुई अध्यक्षको छलफलमा तिक्त संवाद भइरहेको र अलग–अलग बाटो लागौँ भन्नेसम्मको प्रस्ताव आयो भन्ने छ, त्यसलाई कसरी हेर्नुभएको छ ? 

जेसुकै भए पनि कमिटीको बैठकमा ल्याउने, त्यहीँ छलफल गर्ने र कमिटीको निर्णयलाई सर्वोपरी मान्ने गरी चल्नुपर्छ ।

तर, तपाईहरूका बैठकलाई गुटको बैठक भन्दै प्रधानमन्त्रीले गुटका निर्णय नमान्ने स्पष्ट  पारिसक्नुभएको छ नि, उहाँले निर्णय मान्ने सम्भावना छ ? 

त्यही तयार गर्नका लागि हामी शनिबार छलफल गर्छौँ । उहाँलाई कन्भिन्स गर्छौँ । उहाँलाई ठीक बाटोमा आउन आग्रह गर्छौँ ।

उहाँले निर्णय मान्दिनँ भने तपाईहरूसँग अरु विकल्प के छ ? 

फेरि प्रयास गर्छौँ । अहिले नै किन आशंका गर्ने ? उहाँले सुन्नैपर्छ, गम्भीर कमजोरी सच्याउनुपर्छ । सुध्रिएर नयाँ ढंगले चल्नुपर्छ । कमिटीको बैठकमा व्यापक गहन छलफल, बहस हुँदै आएको छ । त्यसले नै पार्टीलाई अगाडि बढाएर लैजान्छ ।

प्रधानमन्त्री त पहिला दुई अध्यक्षबीच एजेन्डामा सहमति गर्ने अनि बैठक बोलाउने हो भन्ने अडानमा हुनुहुन्छ भन्ने कुरा आएको छ, दुई अध्यक्षबीचको सहमति विना बैठक किन बस्ने भन्ने प्रश्न पनि छ नि ?

दुई अध्यक्षका कुरा आफ्नो ठाउँमा छ, तर एजेन्डा तय गर्ने त कमिटीले हो । प्रस्ताव ल्याउने काम मात्र अध्यक्षहरूको हो । एजेन्डा कुन–कुन हुन्छ भनेर अन्तिम निर्णय गर्ने काम कमिटीको हो । कमिटी प्रणालीको ज्ञान भएका मान्छेले त्यही भन्छन् । किनभने कम्युनिस्ट पार्टी त्यही विधिमा चलेको छ, त्यही विधिबाटै चल्छ । त्योभन्दा अर्को व्यक्तिप्रधान हुँदैन । अध्यक्षलाई निरपेक्ष संस्थाका रूपमा मान्ने कुरा कसैले पनि स्वीकार गर्न सक्दैन ।

प्रधानमन्त्रीसँगको छलफलपछि सहमतिमा बैठक बस्ने अवस्था भएन भने के तपाईंहरू बहुमतबाट औपचारिक बैठक राख्ने बाटोमा जानुहुन्छ ? 

कमिटीको बैठक बस्छ, उहाँ आउनुपर्छ । आएर केन्द्रीय कमिटीको, स्थायी कमिटीको, सचिवालय बैठकको सम्मान गनुपर्छ र आफूलाई कमिटीको मातहतमा राख्ने मानसिकताबाट चल्नुपर्छ । उहाँले म पूर्वएमालेबाट आएको छु भनेपछि उहाँको पनि अवधि ०७६ को साउनको पहिलो साता सकिसकेको छ । किनभने त्यसपछि उपाध्यक्षहरू, अरू–अरूको पनि अवधिको कुरा आउँछ । त्यसकारण त्यस्ता कुरामा कुनै पनि दम छैन ।

तर, पूर्वएमाले मिलेर पूर्वमाओवादी समूहलाई मिलाउने हो भने मात्रै एकताका साथ जान सकिन्छ भन्ने मतका आधारमा तपाईं र प्रधानमन्त्री ओलीलाई मिलाउने कोसिस पनि भइरहेको छ भन्ने कुरा बाहिर आइरहेको छ नि ?

पूर्व भन्ने चिज सकिएर हामी त नेकपा भइसकेका छौं। सबैलाई मिलाएर साथमा लिएर जाने हो । पार्टीलाई विचार, विधि, नीतिबाट, पद्धतिबाट चलाउने हो । व्यक्तिको लहडका आधारमा होइन, पार्टीको विधानबाट चलाउने हो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार