असार २३, २०८२ सोमबार July 7, 2025

वीरगञ्ज आईसीपी अस्तव्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात एकै बिन्दुबाट व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको एकीकृत जाँच चौकी (आईसीपी)का पूर्वाधार अपर्याप्त हुन थालेका छन् । वीरगञ्जको पुरानो इनर्वा नाकाबाट हुँदै आएको आयातनिर्यात आईसीपीमा केन्द्रित भएपछि आईसीपीको संरचना साँघुरो भएको छ ।

सरकारले आईसीपीको पूर्वाधार विस्तार गरी वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारलाई समेत गाभ्ने योजना राखेको थियो । आईसीपी र सुक्खा बन्दरगाहबीचमा पर्ने ६३ बिगाहा जग्गा अधिग्रहणको योजना ५ वर्षदेखि मन्त्रिपरिषद्को निर्णय पर्खिएर बसेको छ ।

जग्गाको मुआब्जा निर्धारण भइसक्दा पनि सरकारले अधिग्रहणको निर्णय नगर्दा प्रक्रिया अघि बढ्न सकेको छैन । इनर्वा नाकाबाट सिमेन्ट र फलाम उद्योगका केही कच्चा पदार्थ र पेटोलियम भित्रिए पनि अधिकांश आयातनिर्यात आईसीपतर्फ गइसकेको छ । तर, बन्दरगाह भन्सारलाई आईसीपीमा गाभ्ने सरकारी निर्णय अभैm कार्यान्वयनमा आएको छैन ।

सञ्चालनको ३ वर्षमै आईसीपीमा उपलब्ध संरचनाहरू साँघुरो भइसकेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोक टेमानी बताउँछन् । ‘हामीले आईसीपीको निर्माणताकै संरचना व्यावहारिक छैनन् भन्दै आएका थियौं । तर, सरकारले त्यतिबेला सरोकारका पक्षको कुरै सुनेन । अहिले पूर्ण क्षमतामा सञ्चालनमा नआउँदै आईसीपी अस्तव्यस्त बन्न थालिसक्यो,’ अध्यक्ष टेमानीले भने ।

आईसीपीमा पार्किङ, गोदाम, सेड लगायत अत्यावश्यक संरचना कमी भएको आयातकर्ताको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार