नेपालको राजनैतिक दलहरुसंग जनताको आक्रोस बढिरहेको छ । अहिलेको व्यबस्था नै गलत थियो भनेर एकथरी पार्टीहरु लागिरहेका छन । २०६२/६३ को जनआन्दोलनले प्राप्त गरेको संघिय लोकतान्त्रीक गणतन्त्र नै नेपाल र नेपालींहरुको हितमा नभएको र यसले राष्ट्रलाई विघटनको बाटोमा समेत लैजाने भन्दै, संविधान र अहिलेको व्यबस्थाको विरोधमा रहेका नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलासंग वहाँको पार्टीको भुमिका लगायतका बारेमा युगखबर टिमले भलाकुसारी गरेका छौं ।
नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमा गएपश्चात तपाई आफ्नो माउ पार्टीलाई छाडेर नयां पार्टी खोल्नुभयो, तपाईको पार्टी कहां के गरिरहेको छ?
-नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ लगाएत विभिन्न जिम्मेवारीमा रहेर काम गरे, जव मुलकमा २०४७ सालको प्रजातन्त्रको घोषणा भएपनि प्रजातन्त्र संस्थागत हुन सकेन जसपश्चात माओवादीको उदय भएर देशमा ठुलो नोक्सान भयो, माओवादीको उदयसंगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले डबल भुमिका निर्वाह गरेर अन्त्तत भारतमा गएर १२ बुदे सम्झौता गर्नुभयो, र नेपालको प्रजातन्त्रको लागी भएका सबै आन्दोलनहरुलाई विसर्जन गरिदिनुभयो । २०४७ सालको संविधान च्यातेर देशमा गणतन्त्र घोषणा भैसकेपछि देश विघटनको बाटोमा गएकोले हामीले नयां पार्टी खोलेका हौं । हाम्रो पार्टी अहिले ६६ जिल्लामा मोर्चाको रुपमा विस्तार भईरहेको छ, केहि समय पछि यो व्यबस्थाको परिवर्तनको लागी लड्न तयारी गरिरहेका छौं ।
तपाईले काग्रेंस पार्टी छाड्नाको कारण के हो, तपाईको पार्टी र नेपाली कांग्रेसविचमा फरक चाहीँ के छ?
-नेपाली कांग्रेसले प्रजातन्त्रको बाटो छाडिसक्यो, माओवादीलले ल्याएको गणतन्त्रमा गएर उसले प्रजातान्त्रीक मुल्य र मान्यताहरुलाई लात्तिले हिर्काईसकेको छ । वर्तमान अवस्थामा नेपाली कांग्रेसको आफ्नै विचार नै छैन, उ अरुले बोकेर हिडेको एजेण्डामा हिडिरहेको छ । अव हाम्रो पार्टी देशलाई प्रजातन्त्रको अनुभुती दिलाएर आधुनिक समाजवाद जसमा अहिलेको व्यबस्थालाई भङ्ग गराएर नेपाली भएर बाच्ने देशलाई समृद्ध बनाएर जनतालाई शुसासन र समृद्धि हासिल गर्ने तर्फ केन्द्रित छ । तेसका लागी अहिलेको प्रमुख कुरा भनेको देशलाई विघटनको बाटोबाट रोक्नु हो ।
तेसोभए के अव देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गएकोले विघटन हुन्छ?
-संघ भनेको इकाई हो, जस्तो हामीले हेरौं भारत, अमेरिका भनेको संघहरुबाट मिलेर बनेको राज्य हो । तेसलाई एकल राज्य भनिदैंन । नेपाल एकल राज्य हो, यो कुनै संघ वा ईकाइहरु मिलेर बन्ने देश हैन । भौतिक विकाशमा पछि परेपनी प्राचिन कालदेखिनै हामी विश्वमा राज्य निर्माणको पक्षमा बलियो छौं । तेसकारण नेपालमा घोषणा भएको गणतन्त्र, संघियता भनेको राज्यलाई विघटन गर्नु हो ।
तपाईको भाषामा संघियता भनेको विघटन हो, भने विघटनले नेपाल र नेपालीलाई के असर गर्छ?
-शरणार्थी बनाउंछ जस्तो म तपाईलाई बताउँ हामी सबै शरणार्थी भएका छौं, देशमा उत्पादन छैन, अर्काको देशको भर पर्नुपरेको छ, नेपाली युवाहरु श्रम बेच्न विदेश जानुपरेको छ, त्यो पनि शरण नै हो । अहिले समाजमा छोरा, छोरी जन्मिने वित्तिकै अष्ट्रेलिया र अमेरिका पठाउने सपना देख्छौं । नेपालमा जन्मेर पनि अर्काको देशको शरण लिन नाम लिन पुगिरहेका छौं ।
० संघियताले त देशको विकाश हुन्छ, भन्छन तपाँई विघटन हुन्छ, भन्नुहुन्छ कसरी हुन्छ विघटन ?
-धेरै कारण भन्नै पर्दैन, निती नियम छैन, संविधान विभेदी छ, कानुन अपाङ्ग छ, आर्थिक उत्पादन छैन, भष्ट्राचारमा लिप्त छ, एनसेल काण्ड हेर्नुस, महाकाली बेचे, २०४७ सालको प्रजातन्त्रको नाममा देशका सम्पतिहरु बेचेर खाएका छन । सबै उद्योग धन्दाहरु बन्द छन, भारतको उत्पादनलाई नेपालमा भित्र्याउन सबै उत्पादन तथा उद्योगधन्दाहरु बन्द गरेका छन, राष्ट्रियता, धर्म र देश नै बेचेपछि यो भन्दा ठुलो कारण के चाहिन्छ ।
संवैधानिक राजसंस्थाको वकालत गरिरहनुभएको छ, पुर्वपञ्चहरुको पार्टी राप्रपा नेपालसंग चाहीँ कार्यगत एकता हुन सक्दैन?
-मुलुक बचाउन हाम्रो पार्टीले संबैधानिक राजसंस्था चाहिन्छ, भनेर भनेको हो । किनभने एक हजार, पाँच हजार लिएर देशको नागरिकता बेचे, पैसा लिएर देशलाई संघियता, धर्म निरपेक्षता र गणतन्त्रको घोषणा गरे । तेसको रक्षाको लागी विशेष अधिकार सहितको राजसस्थांको बारेमा हामी उभिएका हौं । जहांसम्म कमल थापा लगायतले भनिरहेको संवैधानिक राजतन्त्र छ, त्यो विगतमा कांग्रेस पार्टीले उठाएको मुँद्धा हो । कांग्रेस पार्टीले त्यो मुद्धामा कमल थापा लगायतलाई बेचेको हो, राप्रपाको विचार नेपाली कांग्रेससंग मिल्छ ।
यो व्यबस्थाको विरोधमा भएको नेकपा विप्लव अनि तपाँईहरुपनि यो व्यबस्थाको विरोधी उनिहरुसंग चाहिँ अलिकता कुरा मिल्छ कि?
-ठिकै प्रश्न गर्नुभयो, हो हामी यो व्यबस्थाको विरुद्धमा छौं, अव विप्लव समुहसंग मिल्नाको लागी कि हामिले बन्दुक उठाउन पर्यो, त्यो हुन सक्दैन शान्तीपुर्ण तरिकाले आएको खण्डमा मात्र हाम्रो एकता हुन सक्ला । अव उनिहरुले भनेको वैज्ञानिक समाजवादको छुट्टै व्याख्या होला त्यसैले शान्तिपुर्ण आन्दोलनका लागी जोसंग पनि एकता हुन सक्छ ।
हालको व्यबस्थाले राष्ट्रियता कमजोर भईरह्यो भनेर राजसंस्थाको कुरा उठारहनु भएको छ, राजासंग कुनै लसपस छ, की?
-पहिलो कुरा बुझ्नुस, म राजवादी मान्छे हैन । हाम्रो पार्टीले राष्टिय एकता र विखण्डनबाट रोक्न राजसंस्था चाहिन्छ, भनेर भनेको हो । हाम्रो देश एकल राज्य हो, धर्म, सस्कृती रक्षा गर्नाका लागी देशलाई विघटनबाट रोक्नाका लागी देशलाई हिन्दु राष्ट्रको रुपमा कायम राख्ननका लागी राजसंस्था चाहिन्छ । हामीले राजाले कुनै विकाश गर्दैन, राजा आफैमा निरङ्कुश तन्त्र हो, हामीले राजा बोकेर हिड्ने भनेका छैनौं, देश बचाउनलाई मात्र राजाको आवश्यकता भनेको हो । म वास्तवमा राजा चिन्दिन, मैले राजालाई फोटोमा बाहेक देखेको छैन ।
अहिलेको व्यबस्थाको पक्षमा ठुलो जनमत छ, यो व्यबस्था फाल्न तपाईहरुको तयारी योजना चाहीँ के छ?
-हामी यसको लागी तयारीमा छौं, अहिले हामीले शक्त्ती सञ्चय गरेर बसिरहेका छौं । नेपाली कांग्रेस पार्टी गठन हुदां ९ जना मात्र थिय । कम्युनिष्ट पार्टी गठन हुदां एकजना पुष्पलाल मात्र थिय, पहिला पछि अरु थपिएका हुन । कुनैपनि कुराको समय आउंछ हामिले उठाएको प्रजातन्त्रको मुद्धा त्यो नेपाल र नेपालीको हितमा छ । देशमा प्रजातन्त्र र तेसको रक्षाको लागी संबैधानिक राजसंस्था आजको आवश्यकता हो । यसको लागी सम्पुर्ण देशवासी र युवाहरु हाम्रो विचारमा आउने छन र ठुलो शक्त्ती बन्नेछ भन्नेमा हामी विश्वस्त छौं । केहि समयपछि यो व्यबस्थाको लागी ठुलो आन्दोलन गर्ने तयारीमा छौ ।
अहिलेको व्यबस्था विरुद्ध आन्दोलनका कार्यक्रम कहिलेबाट र कस्ता- कस्ता स्वरुपहरुमा हुन्छन ?
-चाडैंनै हामी आन्दोलनको कार्यक्रमहरु घोषणा गर्दै छौं । अहिलेनै यसको मिती घोषणा भैसकेको छैन, यसको तयारी भैरहेको छ । यसको लागी युवाहरुको साथ र सहयोग आवश्यक छ, आन्दोलनको स्वरुपहरु शान्तीपुर्ण नै हुन्छ । हाम्रो पार्टी शान्तिपुर्ण ढङ्गबाट व्यबस्था परिवर्तनको पक्षमा छ ।
अनि सरकार विरुद्ध विभिन्न आन्दोलनको घोषणा गरिरहेका २१ दलका मोर्चालाई चाहीँ तपाईहरुको साथ सहयोग छ, कि छैन?
-सरकारसंग केहि मागेर मोर्चा निर्माण गरेकाहरुसंग हाम्रो सहयोग र समर्थनहरु हुन सक्दैन, आन्दोलन गरेर मन्त्री माग्ने सांसद माग्ने गरेर आन्दोलन हुंदैन । हामी त देश र जनताको लागी लड्ने हो, यो व्यबस्था अन्तय गरेर नेपाल र नेपालीलाई सुखि समृद्ध बनाउने लक्ष्यमा छौं । देशलाई विघटन हुनबाट रोक्ने, शरणार्थी हुनाबाट रोक्ने गरि आन्दोलन गर्छौं । हामी सरकारसंग अंश माग्नेहरुसंग सहकार्य गरी मोर्चामा सहभागी हुना सक्दैनौं ।
अन्तयमा समुन्द्रमा ठुला माछाले साना माछालाई खाएजस्तै तपाईको पार्टीलाई ठुलो पार्टीमा विलय गराउन तपाईलाई कुनै प्रस्ताव आएको छ, कि छैन?
-अर्को पार्टीमा विलय गराउने कुरा गर्दै नगर्नुस, बरु संवैधानिक प्रजातन्त्रको बहसमा सहभागी हुने सबै पार्टी र तिनका नेता तथा कार्यकर्ता बस्ने साझा घर हुन्छ, नेपाल समाजवादी कांग्रेस हाम्रो पार्टीले होला संगठनको हिसाबले सानो तर देश र जनताको जनजिविकाको मुद्धाको सबालमा हामीले ठुलो मुद्धा उठाएका छौं । जस्तो हामीलाई यो सरकारले अधिकार सुम्पियोस, हामी नेपालको आंकाडामा भएको ७/८ सय सुकम्वासी परिवारलाई तिन कोठाको घर १ कठ्ठा जमिन हामी दिलाउंछौं । हामी यस्ता-यस्ता योजनाहरुमा भएकोले कुनै पार्टीसंग विलय हुने कुरा हामीले सोचेका छैनौं, नयां सबैधानिक प्रजातन्त्रको पक्षमा हामी छौं ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया