श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एप्पलको नयाँ म्याकबुक सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एप्पलले आयोजना गरेको ‘वान मोर थिङ्ग’ ईभेन्टमा म्याकबुक एयर र म्याकबुक प्रो सार्वजनिक गरेको छ । यी दुई ओटा नयाँ ल्याप्टपमा एप्पलले बनाएको एम १ प्रोसेसर प्रयोग गरिएको छ । यी दुबै ल्याप्टप नोभेम्बर १७ देखि विक्रिको लागी उपलब्ध हुनेछन् ।

कम्पनीले सार्वजनिक गरेको म्याकबुक एयरमा ८ कोर सीपीयू छ जसले अरु जेनेरेसनको म्याकबुक भन्दा ३.५ गुणा राम्रो काम गर्ने गर्ने जनाइएको छ ।

यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ । म्याकबुक एयर २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यसले १५ घण्टा वायरलेस वेब ब्राउजिङ् र १८ घण्टा भिडियो प्लेब्याक ब्याट्री ब्याकअप दिने कम्पनीले बताएको छ ।

म्याकबुक प्रोमा १३ इन्चको रेटिना डिस्प्ले रहेको छ । यसले १७ घण्टाको वायरलेस वेब ब्राउजिङ् र २० घण्टा भिडियो प्लेब्याक ब्याट्री ब्याकअप दिने कम्पनीले बताएको छ ।

यसमा स्टुडियो क्वालिटीको रेकर्डिङ्ग माइक पनि रहेको छ । म्याकबुक प्रोमा टच आईडी र वाईफाई सिक्सको समेत सुविधा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया