असार २३, २०८२ सोमबार July 7, 2025

तामाखानी सञ्चालनमा ल्याउन स्थानीयको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने ठाडाखानी गाउँको शिरानमा पर्ने रुमले भीरमा रहेको तामाखानी वर्षौंदेखि अलपत्र अवस्थामा छ । १९७१ सालमा बन्द भएको यहाँको तामाखानी सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।

ठाडाखानीका स्थानीयवासी सुजन छन्त्यालले तामाखानी वर्षौंदेखि अलपत्र अवस्थामा रहदाँ समेत सञ्चालनमा ल्याउन स्थानीय सरकारले कुनै पहल नगरेको बताए । ‘हामीले स्थानीय सरकारबाट धेरै आशा गरेका थियौं ।

तामाखानी सञ्चालन, मालिकाको धुरीसम्म मोटरबाटोको पहुँच , केन्द्रीय लाइनको बिजुली लगायत धेरै सुविधा पाइन्छ भन्ने लागेको थियो,’ उनले भने, ‘तर ३ वर्ष बितिसक्दा पनि मालिकाको धुरीसम्म मोटरबाटो खन्न वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गर्नेबाहेक अरू कामको पहल भएको छैन ।’

ठाडाखानी छन्त्याल र विकहरूको मात्र बसोवास रहेको बस्ती हो । यहाँ रहेका ७५ परिवार छन्त्याल र १० परिवार विकका पुर्खा १०६ वर्ष पहिले रुमले भीरको तामा खनेर विक्री र अन्नसँग विनिमय गरी जीवनयापन गर्ने गरेको वयोवृद्धहरू बताउँछन् । तर तत्कालीन सरकारले अत्यधिक भेजा (कर) लिन थालेपछि तामा खानी बन्द गरेर अन्य वैकल्पिक पेशातर्फ लाग्नुपरेको रघुगंगा गाउँपालिका–६ का वडासदस्य टेकजित छन्त्यालले बताए ।

उनका अनुसार यहाँ अझैसम्म पनि ५ ओटा सुरुङ छन् । सुरुङको प्रवेशद्वारबाट दुई मिटर भित्र छिर्ने हो भने तामाका विशाल धाउ देख्न सकिने उनको भनाइ रहेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार