असार २३, २०८२ सोमबार July 7, 2025

छाउगोठ भत्किए, कुरीति कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् । आवासका हिसाबले कुनै पूर्वाधार नभएको गोठमा बस्दा आगलागीमा परेर मर्ने, बलात्कृत हुने, सर्पले डस्ने र जङ्गली जनावरको भय हुन्छ ।

पहाडी क्षेत्रका दार्चुला र बैतडी बाहेकका जिल्ला अछाम, बाजुरा, बझाङ र डोटीमा अझै छाउपडी गोठ छन् भने पहाडबाट बसाइँ सराइ गरेर तराईका कैलाली र कञ्चनपुर आउनेले पनि गोठ बनाएको पाइएको छ । दार्चुला र बैतडीमा गोठ नभए पनि महिनावारी हुनेले कसैलाई नछोर्ई अलग्गै बस्ने, सुत्ने र गाई, भैँसीको दूध, दही, मही खान नपाउने अवस्था कायमै छ । गृह मन्त्रालयको निर्देशन अनुसार पहाडी जिल्लामा धेरै छाउगोठ प्रहरी र स्थानीयवासीको सक्रियतामा भत्काइएका छन् तर केही ठाउँमा अझै देउता रिसाउँछन् भन्ने मान्यतामा छाउगोठमा बस्ने प्रचलन अन्त्य भएको छैन ।

यद्यपि विगतको तुलनामा छाउपडी प्रथा नमान्नेको सङ्ख्या बढ्दै गएको छ । शिक्षा र सचेतना बढ्नुका साथै सङ्घीय तथा स्थानीय सरकारको पहलमा गोठ भत्काइनु, अछाममा छाउगोठ बस्न बाध्य पार्नेलाई मुद्दा चल्नु र बाजुरामा गोठमै निस्सासिएर तीन जनाको मृत्यु भएपछि डर उत्पन्न भएर छाउपडी गोठमा बस्नेको सङ्ख्यामा भने ठूलो कमी आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडी प्रथा मान्ने जनप्रतिनिधि र सरकारी कर्मचारीको सुविधा कटौती गर्ने नीति ल्याएको छ ।

महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको अघिल्लो वर्षको मङ्सिर तेस्रो साता मृत्यु भयो । पार्वतीको मृत्यु भएपछि महिला मृत्युको कारक छाउगोठ भएको भन्दै स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको सक्रियतामा छाउगोठ भत्काउने अभियान थालनी भयो ।

गत पुस ९ गतेदेखि चैत ३ गतेसम्म अछाममा पाँच हजार पाँच छाउगोठ भत्काइएको तथ्याङ्क छ । गएको वर्षमै यस जिल्लाका १० वटै स्थानीय तहलाई छाउगोठ मुक्त घोषणा गरिसकिएको छ । बाजुरा जिल्लामा विगत दुई वर्षमा ५११ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार गतवर्ष २३ वटा छाउगोठ पूर्ण रूपमा भत्काइएको छ । छाउगोठ भत्काउन घरमा बस्ने स्वयं महिला तयार हुनुपर्ने डडेल्धुराको परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहोराले बताइन् ।

बझाङ जिल्लामा छाउगोठ बसेका महिलालाई सर्पले टोकेका घटना धेरै छन् । बझाङमा तीन सयसम्म छाउपडी गोठ भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । उनले गतवर्ष मात्र १४१ वटा छाउगोठ भत्काएका थियौंँ भने । गोठ भत्किए पनि यो कुरीति भने अझै कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा गतवर्ष महिला अधिकार मञ्च डोटीले गरेको सर्वेक्षणका क्रममा २२० वटा छाउगोठ भेटिएका थिए ।

सर्वेक्षणका क्रममा नगरपालिका क्षेत्रमा महिनावारी हुँदा पाँच दिन कष्टपूर्ण तरिकाले बिताउनुपर्ने कुरासमेत बताए । सर्वेक्षण तथा अनुगमन कार्यमा संलग्न महिला अधिकार मञ्च डोटीकी अध्यक्ष सीता विकले हामीले अनुगमन गर्दा महिनावारी भएको बेला गोठमा नै बस्ने गरेको पायौं । प्रतिवेदन बुझाएपछि प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख लगायतले फेरि अनुगमन गरेर कार्ययोजना बनाउने भन्ने थियो कोरोना भाइरसको सङ्क्रमणका कारण अगाडि बढ्न सकेन भनिन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार