असोज १३, २०८३ मंगलबार September 29, 2026

गोरखाको सिरानचोक गाउँपालिकामा अवैध ढुङ्गाखानी र क्रसर उद्योग सञ्चालनले गाउँमा पहिरोको जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाको वडा नं  ८ मा जिल्ला समन्वय समितिका प्रमुख,  सिरानचोक गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष र ठेकेदार सबै मिलेर वनको बीचमा ढुङ्गाखानी चलाउन दिने निणर्यले नयाँगाउँमा पहिरो जोखिम बढेको छ ।

विकासका लागि भनेर २ वर्ष अगाडि सिरानचोक गाउँपालिका वडा नं. ८ नयाँगाउँ र ठोट्नेरी साँधको ल्होसे घना जङ्गलभित्र लामो समयदेखि ठेकेदार कम्पनीले ढुङ्गाखानी सञ्चालन गरेका कारण गाउँमा पहिरोको त्रास बढेको छ ।

पक्रिया नपुर्याई खोलिएको ढ्ङ्गाखानीले बातावरण विनाश देखि मानव बस्तीलाईनै गम्भिर दुर्घटना हुने देखिएपछि स्थानियहरु त्रसित हुन थालेका छन । विकाशको नाममा लामा कन्स्टूक्शन र केही स्थानीय बासिन्दा मिलेर प्राकृतिक सम्पदाको गैरकानुनी रुपमा विनाश गर्न व्यस्त छन ।

सोही गाउँपालिकाकाको वडा नं. १ र ८ को साँधमा पर्ने चैनपुरको करिब चार रोपनी वनक्षेत्र ओगटेर लामा कन्स्टूक्शनले अर्को ढुंगाखानी सञ्चालित गरेको छ । खानी तथा खनिज पदार्थ नियमावली २०५६ को परिच्छेद ४, १९ को ‘ग’ अनुसार सार्वजनिक बाटोको दायाँबायाँ २५ मिटरभित्र खानी सञ्चालन गर्न नपाइदैन व्यबस्था भएपनि लुइँटेलवाट भच्चेक जाने सडकलाई माझमा पारेर कत्ति पनि सडक क्षेत्र नछाडी खानी चलाइएकोले सो खानीका कारण बर्खामा पहिरो जाने गरेको त्यहाँका स्थानिय बासिन्दाहरुले गुनासो गरेका छन ।

त्यस्तै सिरानचोक गाउँपालिका वडा नं. ६ को खहरेमा अवैध क्रसर उद्योग सञ्चालनमा छ । दरौंदी बगरमा सञ्चालित सो क्रसर उद्योगले दरौँदी नदी किनारका ढुंगा, गिटी, बालुवा दोहन गरिरहेको छ । खानी सञ्चालन गर्न प्रारम्भिक वातावरणीय अध्ययन(आईई) गर्नुपर्ने, खानी विभागमा दर्ता गर्नुपर्ने व्यवस्था छ । क्रसर उद्योग सञ्चालन गर्न विभिन्न प्रक्रिया पूरा गरेपछि उद्योग विभागमा दर्ता गर्नुपर्ने प्रावधान छ, तर दुईवटै खानी र क्रसर आधारभूत प्रक्रिया पनि नपुर्‍याई दर्ता पनि नगरी सञ्चालन भएका छन् । दर्ता नभएका कारण राजस्व असुल गर्न पनि नमिलेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताएका छन ।

मध्यपहाडी लोकमार्गलाई निर्माण सामग्री उपलब्ध गराउने बहानामा कुनै पनि निकायमा दर्ता नगरी क्रसर उद्योग सञ्चालन गरी राजस्व छलेर अवैध रुपमा सञ्चालित ती उद्योग तथा खानीका कारण प्राकृतिक सम्पदाको दोहन भइरहेको छ । खहरेको दरौँदी क्रसर उद्योग अवैध रुपमा सञ्चालन गरी मध्यपहाडी लोकमार्गको स्तरोन्नतिको काम रोकिएको बर्ष बितिसकेको छ तर क्रसरले दरौंदी नदीका ढुङ्गा, गिटी दोहन गरिरहेको छ ।

 

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार