असार २३, २०८२ सोमबार July 7, 2025

अझै खुल्दैनन् उपत्यकाका विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरसको हटस्पष्ट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खोल्न सक्ने सम्भावना कम रहेको बताउनुभएको छ । चिसो मौसममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फोरमले निष्कर्ष निकालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फोरमले उक्त निष्कर्ष निकालेको हो । मन्त्रालयले करिब डेढ साताअघि कार्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेको थियो ।

तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले निर्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताउनुभयो ।

‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छांै।’ –उहाँको भनाइ थियो । मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी विष्लेषण गर्ने र त्यसपछि सामूहिक निर्णय गर्ने तयारी गरेको छ ।

झन्डै एक लाख हाराहारीमा संक्रमित रहेको उपत्यकामा विद्यालय खोल्नुअघि करिब ३ हजार आइसोलेसन वेड तयार गर्ने, स्वाथ्य मापदण्डको विषयमा अध्ययन गर्ने, विद्यालयहरुको भौतिक अवस्थाबारे जानकारी लिनेलगायत विषयमा विस्तृत अध्ययनपछि मात्रै विद्यालय खोल्ने वा नखोल्ने विषयमा निर्णय गर्ने महानगरले तयारी गरेको छ ।

छोराछोरीलाई विद्यालय पठाउने विषयमा अभिभावकको मुख्य भूमिका रहने भएकाले अभिभावकसँग पनि परामर्श लिनुपर्ने फोरमले जनाएको छ । ‘अहिले त टोलैपिच्छे, संक्रमित देखिन थालेका छन्, देशैभरका विभिन्न तहका व्यक्ति बस्ने राजधानीका विद्यालयको अवस्थाबारे अध्ययन नगरी हचुवाको भरमा विद्यालय खोल्ने पक्षमा मेयर फोरम नरहेको शाक्यले बताउनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन अहिले नै विद्यालय खोल्न हतार नभएको तर्क गर्दै सो विषयमा गम्भीर बहस आवश्यक रहेको बताउनुभयो । ‘हामी आज सोमबार बैठक बसेर केही निर्णय गर्नेछौं, विकल्पबारे सोच्नेछौं।’ –उहाँले भन्नुभयो ।

मेयर महर्जनले विद्यालय खोल्ने विषयमा मेयर फोरमले एउटै धारणा तय गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौं र ललितपुर एउटै जिल्ला जस्तो छ, काठमाडौंका विद्यार्थी ललितपुर र ललितपुरका विद्यार्थी काठमाडौंमा पढ्न जाने भएकाले सामूहिक निर्णय आवश्यक छ ।’

हाल काठमाडौं उपत्यकामा झन्डै २ हजार ५ सयको हाराहारीमा निजी तथा सरकारी विद्यालय रहेका छन् । सबै विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेपछि कसरी खोल्न सकिन्छ भन्ने विषयमा स्थानीय निकाय आन्तरिक छलफलमा जुटेको छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले मन्त्रालयले जारी गरेको कार्यढाँचा काजगी घोडाजस्तो भएको तर्क गर्दै अभिभावकको सहभागिताविना तयार भएको सो सामग्रीको औचित्य नभएको आरोप लगाउनुभयो । उहाँले कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले यही अवस्थामा विद्यालय खुल्न नसक्ने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनुकूलताको आधारमा विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो– ‘विद्यालय खोल्नुअघि आन्तरिक कार्ययोजना तयार पारी अवस्था विश्लेषण गर्नु आवश्यक छ ।’

यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुने गरेको थियो । कार्यढाँचा पारित भएपछि अब विद्यालय सञ्चालन गर्न बाधा पर्नेछैन ।
करिब एक महिनाअघि हुम्लाका स्थानीय तहले विद्यालय खोलेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पाँच दिनअघिदेखि सबै विद्यालय बन्द गरिएको छ ।

उपत्यका मेयर फोरमले करिब तीन साता लामो कडा लकडाउन गर्न सरकारलाई सिफारिस गरेको अवस्थामा विद्यालय खोल्ने सम्भावना झिनो देखिएको छ ।

अभिभावको सम्पत्ति भनेकै छोराछोरी हुन्, यस्तो अवस्थामा छोराछोरीलाई कसरी विद्यालय पठाउने भन्ने विषयमा सबैले सोच्नुपर्ने अवस्था आएको मेयर फोरमका अध्यक्ष शाक्यले बताउनुभयो ।

उता प्याब्सनका सल्लाहकार समितिको केही दिनअघि बसेको भुर्चुअल बैठकले अहिलेको अवस्थामा विद्यालय खोल्ने विषय व्यावहारिक नहुने बताएका थिए । उनीहरुले अब विद्यालय खोल्ने विषयमा निर्णय गर्दा सबै सरोकारवालाबीचको सहमति आवश्यक रहेको उनीहरुको धारणा छ । समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार