असार २३, २०८२ सोमबार July 7, 2025

ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोभिड-१९ संक्रमण बढिरहेका बेला रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको छ ।

भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका छन् । तर यस्तो बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना विकास समितिले आयुर्वेदिक औषधि उत्पादन नगर्दा अभाव भएको छ ।

नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानामा शरीरलाई तागत दिने र रोगप्रतिरोधी क्षमता बढाउने शिलाजित, पीडाहर, आसव अरिष्टजस्ता महत्वपूर्ण आयुर्वेदिक औषधि उत्पादन बन्द हुँदा अभाव भएको हो ।

साइड असर नगर्ने हुँदा आयुर्वेदिक औषधि प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र यस्तो अवस्थामा ठूलो मात्रामा व्यापार गर्न सक्ने अवसर प्राप्त भए पनि सिंहदरबार वैद्यखानामा भण्डारण गरिएका अधिकांश आयुर्वेदिक औषधि सकिएका मात्र छैनन्, उत्पादन पनि ठप्पै भएको छ । यसको प्रत्यक्ष फाइदा निजी आयुर्वेदिक औषधि उत्पादक कम्पनीहरूले लिइरहेको छन् ।

आयुर्वेदिक औषधि उत्पादन गरेर फाइदा लिन सक्ने अवसर प्राप्त भए पनि सरकारले उत्पादनमा खासै चासो देखाएको छैन । सरकारी कम्पनीले आयुर्वेदिक औषधि उत्पादन नगरेपछि निजी क्षेत्रले चर्को मूल्यमा उपभोक्तालाई गुणस्तरहीन औषधि बिक्री गरिरहेको सरकारी अधिकारीहरूकै दाबी छ ।

वैद्यखानाका केही कर्मचारीले नै आयुर्वेदिक औषधि उत्पादन गर्ने निजी कम्पनीसँगको मिलेमतोमा वैद्यखानाले उत्पादन गर्दै आएका आयुर्वेदिक औषधि उत्पादनमा बेवास्ता गर्दा अभाव सिर्जना भएको त्यहींकै कर्मचारीको भनाइ छ ।

वैद्यखानाका उत्पादनमध्ये सर्वाधिक बिक्री हुने च्यावनप्रास, शिलाजितलगायत औषधि नपाउँदा दैनिक सयौंको संख्यामा आउने ग्राहक खाली हात फर्कन बाध्य छन् । औषधि उत्पादनका लागि करोडौंमा खरिद गरिएका उपकरणहरू पनि त्यतिकै थन्किएका छन् । सिंहदरबार वैद्यखानामा आयुर्वेदिक मलम खोज्दै दिनप्रतिदिन सयभन्दा बढी सेवाग्राही आउने गरे पनि वैद्यखानाको औषधि पसलमा पाइँदैन । नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार