असार २३, २०८२ सोमबार July 7, 2025

करदातालाई फाल्गुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन-२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो ।

आन्तरिक राजस्व विभागले आर्थिक ऐन-२०७७ अनुसार आर्थिक वर्ष २०७०-७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो । कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे । उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए ।

विभागका अनुसार हाल आय विवरण पेस नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छुट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको बताएको छ ।

विभागले आगामी फागुनसम्म तिर्नुपर्ने कर बुझाएमा निकै छुटको अवसर पाइने व्यवस्था गरिएको जनाएको छ । आर्थिक ऐनले आय विवरण पेस नगर्ने वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिले आव २०७३-७४ देखि २०७५-७६ सम्मको आय विवरण, सो आय विवरणअनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुनसम्म बुझाएमा सोभन्दा अघिल्ला वर्षको आय विवरण पेस गर्नु नपर्ने गरी छुट दिएको छ ।

त्यसरी छुट पाएको रकममा लाग्ने आयकर, शुल्क तथा बाँकी ब्याजसमेत छुट पाइने विभागले जनाएको छ । विभागले दिएको यस्तो अवसरअनुसार ५० लाखभन्दा माथिको वार्षिक कारोबार गर्ने करदातालाई भने आव २०७३-७४ भन्दा यता कर विवरण र त्यसअनुसारको आयकर नबुझाएको अवस्थामा आगामी फागुनसम्म आय विवरण, विवरणअनुसार लाग्ने आयकर र त्यसमा लाग्ने करको २५ प्रतिशतसम्म बुझाउन सक्ने सुविधा दिइएको छ । यस्तो अवस्थामा बाँकी ब्याज र अतिरिक्त शुल्क मिनाहा हुने बताइएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार स्थायी लेखा नम्बर लिएर कर विवरण नबुझाउने, त्यसअनुसारको आयकर नबुझाउने अधिकांश करदाता खुद्रा पसलेदेखि साना होटल रेस्टुरेन्टसम्मका अधिकांश साना करदाता रहेका छन् । व्यावसायिक स्थायी लेखा नम्बर लिएर व्यवसाय सञ्चालन गरिरहेका करदाताका लागि यी छुट र सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ ।

कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राहीको मर्कालाई बुझेर केही राहत पु¥याउने उद्देश्यले सरकारले सर्वसाधारणका लागि पुनः यस्तो अवसर दिएको विभागको भनाइ छ । गत ११ चैतदेखि असारसम्म भएको मुलुक लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण समस्यामा परेका सेवाग्राहीलाई केही राहत दिन विभागले यसअघि दुईपटकसम्म बुझाउनुपर्ने कर तिर्न यस्तो अवसर उपलब्ध गराएको थियो । यसअघिको अवसरमा पनि कर बुझाउन नसक्ने सेवाग्राहीका लागि यो थप मौका भएको विभागले जनाएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार