असार २३, २०८२ सोमबार July 7, 2025

नेउवा महासंघको निर्वाचन आज- ढकाल र प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार (आज) काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । कोरोना महामारीका बीच जुममार्फत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गरेका थिए ।

महासंघको ५४औं वार्षिक साधारण सभामा शुक्रबार बन्दसत्र सम्पन्न भएसँगै आगामी वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो । जसअनुसार ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लीलामणि पौडेलले अध्यक्षबाहेक महासंघको अन्य नयाँ कार्यसमिति चयनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।

शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला-नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।

यसैगरी, कोरोना संक्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार मतदान कार्य बिहान ८ बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । कुनै विवाद र समस्या नआए शनिबार राति नै मतपरिणाम आउने सो समितिले जनाएको छ । वर्तमान विधानअनुसार शनिबारदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र निर्वाचन हुन लागेको हो ।

शानिबार हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदै छ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला र नगर तथा एसोसिएटतर्फ एक-एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६३ पदका लागि १२७ जना व्यवसायीको उम्मेदवारी परेको महासंघले जनाएको छ ।

विधानअनुसार अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने भएपछि अहिले यस निर्वाचनको चुनावी मैदानमा वरिष्ठ उपाध्यक्ष पदमा ढकाल र प्रधान, उद्योग वाणिज्य समूहतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार ढकाल समूहबाट महासंघको आगामी उपाध्यक्ष पदमा तिवारी, उमेशलाल श्रेष्ठ र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् भने अर्का प्रतिस्पर्धी प्रधान समूहबाट उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका हुन् ।

महासंघले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार एसोसिएट समूहतर्फ कुल ९०४ मतदाताले मतदान गर्न पाउनेछन् । यसैगरी, वस्तुगत समूहतर्फ १०१ जनाले मतदान गर्नेछन् । त्यसैगरी, जिल्ला÷नगर संघतर्फ मतदाता सूचीमा १०५ जना प्रतिनिधि सहभागी हुनेछन् । मतदान गर्न पाउनेमा प्रदेश १ बाट २२, २ बाट १२, बाग्मतीबाट १६, गण्डकीबाट १३, लुम्बिनीबाट २२, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० वटा संघ छन् । यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ ६ वटा रहेका छन् । आजको राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार