काठमाण्डौंः सुनसरीमा बेवारिसे अवस्थामा पेस्तोल, गोली र म्याग्जिन बरामद भएको छ ।
धरान उपमहानगरपालिका १३ मदन आश्रित मार्गस्थित नालीबाट बेवारिसे अवस्थामा रहेको एकथान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलाभित्र रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । हतियार कस्ले र किन राखेको भन्ने बिषयमा हालसम्म पत्ता लाग्न नसकिएको र अनुसन्धान जारी रहेको बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया