श्रावण ३, २०८२ शनिबार July 19, 2025

अदालतको निर्णय स्वीकार गरिन्छ : सभापति देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई आज सम्बोधन गर्नेक्रममा सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले स्वतन्त्ररूपमा निर्णय गर्न पाउनुपर्छ भन्दै अदालतलाई सडकबाट धम्क्याउने काम पार्टीको नीतिभित्र नपर्ने स्पष्ट पार्नुभयो ।

न काँग्रेस प्रजातान्त्रिक पार्टी भएको उल्लेख गर्दै संसद् पुनःस्थापना भए पनि अथवा निर्वाचन हुने भए पनि पार्टी पछि नहट्ने धारणा उहाँले राख्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य एवं खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक कलहलाई मिलाउन असफल भएपछि बहुमतको सरकार भए पनि संसद् विघटन गरेको बताउनुभयो ।

पूर्वमन्त्री बस्नेतले आफ्ना मातापिता कोमल माया–खड्गका स्मृतिमा आयोजना गर्नुभएको फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिकालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी सुनकोशी गाउँपालिका विजय भएको छ । सभापति देउवाले प्रथम हुने टोलीलाई रु एक लाख ११ हजार १११ र द्वितीय हुनेलाई रु ५५ हजार ५५५ र ट्रफी तथा पदक प्रदान गर्नुभयो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई क्रमशः रु २० हजार र पाँच हजारसमेत प्रदान गरियो । यही पुस २२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहले भाग लिएका थिए । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार