असोज ७, २०८३ बुधबार September 23, 2026

नेकपा फुटिसकेको छैन: उपप्रधानमन्त्री पोख्रेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेकपा ओली समूहका  सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा फुटिनसकेको दावा प्रस्तुत गरेका छन् ।

प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले दावाका साथ सो कुरा बताएका हुन् ।

नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री पोखरेलले  आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको र पार्टी अझै एक भएको बताए ।

उनले तत्कालिन एमाले र माओवादीबीच एकताको शुरुवातको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको दाबी गरे ।

केही नेताको व्यक्त्तिगत स्वार्थको कारण पार्टी एकतामा गम्भिर संकट परेको भन्दै पोखरेलले ति स्वार्थले पार्टीलाई दाउमा राखेर अगाडी बढ्न नसकिने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको जनाउँदै निर्वाचन आयोगले चुनावको तयारी थालिसकेकाले उपप्रधानमन्त्री पोख्रेलले पार्टी कानूनी रुपमा नफुटेको दाबी गरे । उनले आगामी बैशाखमा निर्वाचन भएरै छाड्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार