मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जोगिएलान् मुख्यमन्त्री पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको ‘बाछिटा’ प्रदेश सरकार सम्मै पुगिसकेको छ। वागमती र प्रदेश १ मा मुख्यमन्त्री बिरुद्ध दर्ता गरिएको ‘अविश्वास प्रस्ताव’ ले केहि प्रदेशका प्रादेशिक सरकारको संरचना फेरबदल हुने निश्चित प्रायः जस्तै छ।

संसद् विघटनपछि ‘ढुलमुल’ नेपाली कांग्रेसले पनि अहिले प्रदेश सरकारको खाका कोर्ने अभ्यासको थालनी गरिसकेको छ। केही दिनअघि वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका सभापति शेरबहादुर देउवाले आफै यो अभ्यासको थालनी गरिसकेका छन्। कांग्रेसको यो प्रयासपश्चात अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पद पनि जोखिमउन्मुख बन्दै गएको छ।

शुक्रबार मात्रै पनि कांग्रेस सभापति देउवाले पौडेलसहित वागमती प्रदेशका नेताहरूसँग प्रदेश सरकारको नेतृत्वका बारेमा छलफल गरे। तर देउवाको ‘जोडबल’ थियो, ‘केपी शर्मा ओलीलाई समर्थन गरेर प्रदेश सरकारमा जाने।’ पौडेल देउवाको यो प्रस्तावलाई किमार्थ मान्न तयार छैनन्। ‘कांग्रेस प्रतिपक्षी दल हो,’ पौडेलले नागरिकसँग टेलिफोनमा भने, ‘कांग्रेस प्रतिपक्षी नै रहन्छ।’

उनको भनाइअनुसार केपी शर्मा नेतृत्वको सरकारका विपक्षमा रहनु नै कांग्रेसको प्रतिपक्षीय भूमिका हो। ‘सरकारको नेतृत्व केपी ओलीले गरेका छन्, उनी सरकार हुन्,’ पौडेलले भने ‘कांग्रेस हरेक स्थानमा केपी ओलीको विरोधमा उभिन्छ अर्थात् प्रतिपक्षमा रहन्छ।’

कांग्रेसभित्र कसलाई समर्थन गरेर जाने भन्ने नीतिगत निर्णय भने भैसकेको छैन। तर प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रहेर कांग्रेस कुनै पनि स्थानमा अघि बढ्न नसक्ने दाबी पौडेलको छ। ‘उहाँ (देउवा) ले भनेजस्तो कपी ओलीको समर्थनमा कांग्रेस जानै सक्दैन, यो हुनै नसक्ने कुरा हो,’ उनले भने ‘यस्तो कुरा कांग्रेसलाई किमार्थ मान्य हुने छैन।’ देउवाले प्रदेश १ र वागमती प्रदेशमध्ये एकमा मुख्यमन्त्री कांग्रेसले पाउने लोभ शुक्रबारको बैठकसमक्ष नेताहरूलाई देखाएका थिए । तर पौडेल भने कांग्रेस अहिले कुनै लाभको पक्षमा नरहने बताउँछन्। ‘कांग्रेसले संविधान जोगाउनु छ, लोकतान्त्रीक दलको हैसियतले कांग्रेस यो रणनीतिमा लाग्नु पर्छ,’ उनले भने ‘संविधानको मर्ममाथि ठूलो प्रहार भइरहेका बेला कांग्रेसले लाभ खोज्नु हुँदैन।’

पौडेलले भनेअनुसार कांग्रेसले लुम्बिनी प्रदेशमा प्रतिपक्षीको भूमिका निर्वाह गरे यो प्रदेशमा कांग्रेसको साथ नेकपाको दाहाल–नेपाल समूहसँग हुनेछ । यो समूहसँग कांग्रेसको सहकार्य भए मुख्यमन्त्री पोखरेललाई आफ्नो पद जोगाउन मुस्किल पर्ने देखिन्छ।

यो प्रदेशमाक कुल सांस्द संख्या ८७ छ। १९ सांसद रहेको कांग्रेस २० सांसद रहेको दाहाल–नोपाल समूहसँग मिल्न गए मुख्यमन्त्रीविरुद्ध संसद्मा ३९ मत जुट्ने छ। बहुमत पुग्न तीन मत मात्रै अपुग अर्थात् आफू पक्षका ४१ मत कायम राखेका पोखरेलले कांग्रेससंगको साथ असम्भव भए ६ सीट सहितको जसपालाई आफ्नो पक्षमा पार्नै पर्ने हुन्छ। तर संसद् विघटनको बिपक्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) को समर्थन प्रधानमन्त्री ओलीका विश्वासपात्र मुख्यमन्त्री पोखरेललाई साथ रहने सम्भवना देखिन्न।

शुक्रबार मात्रै बुटवलमा जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् पुनःस्थापनाका लागि तेस्रो जनआन्दोलन गर्नुपर्ने बताएका छन्। उनले संसद् पुनःस्थापना नभए सम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने दाबी गरेकाले पनि मुख्यमन्त्री शंकरले जसपाको साथ पाउने देखिन्न। अन्यथा एक सिट रहेको राजमोलाई साथमा ल्याए पनि पोखरेलको पक्षमा बहुमत पुग्ने छैन। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार