श्रावण २, २०८२ शुक्रबार July 18, 2025

युट्युव र अनलाइन टेलिभिजन नियमनमा ल्याउने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले युट्युव तथा अनलाइन टेलिभिजनमा आउने सामग्रीलाई नियमन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा प्रथम चौमासिक समीक्षा बैठकले यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा प्रसारण विभागलाई यसका लागि दुई महिनाभित्र कार्यविधि तयार गर्न निर्देशन दिएको छ । यस्ता प्लेटफर्मबाट आउने सामग्री कस्तो हुने ? के कस्ता सामग्री प्रसारण गर्न सकिने ? कस्ता सामग्रीमाथि प्रतिबन्ध लगाउने भन्ने लगायतका विषय कार्यविधिमा समेटिने बताइएको छ ।

यसअघि युट्युव तथा अनलाइन टेलिभिजनमार्फत प्रसारण हुने सामग्रीमा कुनै किसिमको निगरानी भइरहेको थिएन । यसरी खुल्लमखुल्ला छाड्दा विकृति फैलिनसक्ने भन्दै मन्त्रालयले यसको अनुगमन गर्ने तयारी थालेको हो ।

यस विषयमा सञ्चार मन्त्रालयले प्राधिकरण तथा सूचना तथा प्रसारण विभागको नाममा सर्कुलर समेत जारी गरिसकेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि मन्त्रालयबाट जारी सर्कुलर प्राप्त भएको बताएका छन् ।

तर, अध्यक्ष खनालले युट्युव तथा अनलाइन टेलिभिजनको नियमन प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने बताए । उनले भने, ‘युट्युव तथा अनलाइन टेलिभिजनको नियमन हाम्रो क्षेत्राधिकार भित्रको विषय होइन । यद्यपि कार्यविधि बनाउने क्रममा सूचना तथा प्रसारण विभागलाई आवश्यक सुझाव दिन तथा सहयोग गर्न प्राधिकरण तयार छ ।’ टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार