वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार डा. बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. बाँस्कोटा, र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको थियो। डा. कोइरालालाई सरकारले आइतबारै मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ।

यसअघि मेडिकल काउन्सिल अध्यक्ष पनि रहिसकेका डा. बाँस्कोटा प्रधानमन्त्रीनिकट मानिन्छन्। त्यसैले उनी उपकुलपति बन्ने अनुमान गरिँदै आएको थियो ।

यससँगै डा. बाँस्कोटा त्रिविको १९ औं उपकुलपति बनेका छन् । नाक, कान, घाँटीविशेषज्ञ बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार