असार २३, २०८२ सोमबार July 7, 2025

बझाङको सुरुङमा फसेका ४ मजदुरको उद्धार हुन सकेन, काठमाडौंबाट टोली झिकाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । अक्सिजन नपुगेपछि बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ भएको छ । स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको छ ।

नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएका हुन्। बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कविहीन भएको जानकारी आफूले आइतबार साँझ ६ बजे मात्र पाएको र त्यसलगत्तै उद्धारको प्रयास थालेको बताएका छन ।

‘स्थानीय टोलीभित्र छिर्यो तर दुईजना बेहोस भएपछि अहिले उद्धार स्थगित गर्न निर्देशन दिइएको छ’, प्रजिअ पाण्डेले भने, ‘काठमाडौंबाट विज्ञसहितको टोली हेलिकप्टरमा झिकाइएको छ ।’

सम्पर्कविहीन भएलगत्तै प्रहरी उद्धारमा खटिए पनि अक्सिजन अभावमा सुरुङ प्रवेश गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिएका छन ।

अक्सिजन नपुगेपछि इलाका प्रहरी कार्यालय, बुङ्गलका प्रहरी सहायक निरीक्षक अमर भण्डारीलगायतको टोली अन्योलमा परेको छ । प्रहरी नायब उपरीक्षक बमका अनुसार, अक्सिजनकै कारण प्राविधिक टोलीले पनि उद्धार कार्य अघि बढाउन सकेको छैन ।

‘प्रहरीसँगै प्राविधिक टोली उद्धारका लागि घटनास्थल पुगे पनि अक्सिजन अभावमा टनेल बाहिरै रहेको छ’, प्रहरी सहायक निरीक्षक भण्डारीले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार