श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सस्तो फाइभजी आईफोन एसई प्लस सार्वजनिक गर्दै एप्पल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले फाइभजी स्मार्टफोनको रुपमा आईफोन एसई प्लस चाँडै सार्वजनिक गर्ने भएको छ । एसई कम्पनीको सस्तो स्मार्टफोन सिरिज हो ।

सोही सिरिज अन्तर्गत कम्पनीले फाइभजी स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको हो । हाल प्राप्त जानकारी अनुसार कम्पनीले सस्तो फाइभजी फोन आउँदो अप्रिलमा सार्वजनिक गर्नेछ ।

जसको बजार मूल्य करिब ५८ हजार रुपैयाँको हाराहारीमा पर्नसक्ने आँकलन गरिएको छ । हाल बजारमा उपलब्ध आईफोन एसई २०२० को मूल्य अन्तर्राष्ट्रिय बजारमा ४७ हजारको हाराहारीमा रहेको छ ।

यस हिसाबले हेर्ने हो भने नयाँ आईफोन एसई प्लसको मूल्य त्यसभन्दा ११ हजार रुपैयाँ बढी हुनेछ ।उपलब्ध जानकारी अनुसार आईफोन एसई प्लसमा ६.१ इन्चको आईपीएस डिस्प्ले रहने छ ।

साथै फोनमा होम बटन उपलब्ध हुने छैन । फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा रहने छ । सेल्फीका लागि भने७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने अनुमान गरिएको छ । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार