काठमाण्डौंः नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई डिएसपी (प्रहरी नायव उपरीक्षक) बढुवाका लागि सिफारिस गरिएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा सिफारिस गरेको हो ।
नेपाल प्रहरीमा जनपद प्रहरी समुहतर्फको प्रहरी पदसंख्या ४६ मा बढुवा गर्न आईतबार बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको जनाएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया