असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला फुटबल : सावित्राको १२ गोलको मद्दतमा एपीएफ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सावित्रा भण्डारी एक्लैले १२ गोल गर्नुभएको छ ।

भण्डारीको एक दर्जन गोलको मद्दतमा एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गर्यो । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एपीएफले लगातार छैटौँ जीत हात पारेको हो ।

एपीएफका लागि भण्डारीले मध्यान्तरअघिको खेलमा हाफमा पाँच तथा मध्यान्तरपछि सात गोल गर्नुभएको हो । भण्डारीले खेलको पाँचौं, ३२औं, ३३औं, ३४औं, ३८औं, ४७औं, ५५औं, ६२औं, ६३औं, ७२औं, ७९औं मिनेट तथा दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभएको हो । उहाँले यसअघिका तीन खेलमा ह्याट्रिक गोल गर्नुभएको थियो ।

यस्तै एपीएफका लागि अनु लामाले पाँच, अनिता बस्नेतले तीन तथा सरु लिम्बु र रेनुका नगरकोटीले एक-एक गोल गर्नुभएको हो । लिगको शीर्ष स्थानमा रहेको एपिएफको छ खेलमा १८ अङ्क छ । चौदण्डीगढी अङ्कविहीन रहँदै लिगको पुछारमा रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया