कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नव नियुक्त सातै प्रदेश प्रमुखले शपथग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान राष्ट्रपति कार्यालयमा सातै प्रदेशका प्रमुख (गभर्नर) लाई शपथ ग्रहण गराएकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णु प्रसाईंलाई प्रदेश ३, अमिक शेरचनलाई गण्डकी प्रदेश, धर्मनाथ यादवलाई प्रदेश ५, गोविन्द्र कलौनीलाई कर्णाली प्रदेश र शर्मिला त्रिपाठीलाई प्रदेश ७ नियुक्त गरेकी थिइन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुख सिफारिस गरेको थियो। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले अनुमेदन गरेको हो।

सपथग्रहणपछि आजै प्रदेश प्रमुखहरु आआफ्नो जिम्मेवारी सम्हाल्न सम्बन्धित प्रदेशमा जानेछन्।

‘शपथग्रहणपछि आजै पदभार सम्हाल्न पोखरा जान्छु,’ गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार