असार २३, २०८२ सोमबार July 7, 2025

मेयर कप क्रिकेट आयोजना गर्न क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौँ महानगरपालिका बीच आज सम्झौता भएको छ ।

मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौँ महानगरपालिकाले क्यानलाई रु ५० लाख सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार क्यानले उक्त प्रतियोगिता आगामी चैत मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ । मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कति टोलीलाई सहभागी गराउने भन्ने विषयमा क्यानले छलफलपछि टुङ्गो लगाउने छ ।

महानगरपालिकाले पहिलो चरणमा ६० प्रतिशत तथा दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ । सम्झौतापछि क्यान अध्यक्ष चन्दले काठमाडौँ महानगरपालिकासितको सम्झौतापछि प्रतियोगिता गराउन आफू उत्साहित भएको बताउनुभयो । नेपालको क्रिकेटमा काठमाडौँ महानगरपालिकाले ठूलो गुन लगाएको उल्लेख गर्दै उहाँले देशभरका अन्य स्थानीय तहलाई पनि नेपालको क्रिकेटको विकासका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

महानगरका प्रमुख शाक्यले विगतमा नेपालको फुटबलको विकासका लागि विभिन्न क्लबलाई सहयोग गरेको उल्लेख गर्दै नेपालको क्रिकेटलाई अघि बढाउन क्यानसँग सहकार्य गरेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया