असोज १७, २०८३ शनिबार October 3, 2026

काभ्रेमा एक दम्पती मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्धनगरपालिका-८, तल्लोहटियामा एक दम्पती मृत फेला परेका छन्। सोही ठाउँका ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी  जयराज सापकोटाले जानकारी दिएका छन । स्थानीयले शव देखेर मंगलबार बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको एसपी सापकोटोले बताएका छन।

धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाई सिरकले छोेपेको अवस्थामा शव फेला परेको श्यामपाटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जीलाई उदृत गर्दै सापकोटाले जानकारी दिएका छन।

 प्रहरीका अनुसार घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा फेला परेको छ।  श्रेष्ठ दम्पतिले तल्लो हटिया बजारमा रहेका आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएका थिए।

छिमेकीका अनुसार उनीहरु राति ८ बजेतिर खाना खाएर सुत्न गएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ दम्पतिकै पसलमा राति अबेर मदिरा सेवन गर्न आएकाहरुसँग विवाद हुँदा हत्या भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार