जेठ ६, २०८१ आइतबार May 19, 2024

काभ्रेमा एक दम्पती मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्धनगरपालिका-८, तल्लोहटियामा एक दम्पती मृत फेला परेका छन्। सोही ठाउँका ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी  जयराज सापकोटाले जानकारी दिएका छन । स्थानीयले शव देखेर मंगलबार बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको एसपी सापकोटोले बताएका छन।

धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाई सिरकले छोेपेको अवस्थामा शव फेला परेको श्यामपाटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जीलाई उदृत गर्दै सापकोटाले जानकारी दिएका छन।

 प्रहरीका अनुसार घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा फेला परेको छ।  श्रेष्ठ दम्पतिले तल्लो हटिया बजारमा रहेका आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएका थिए।

छिमेकीका अनुसार उनीहरु राति ८ बजेतिर खाना खाएर सुत्न गएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ दम्पतिकै पसलमा राति अबेर मदिरा सेवन गर्न आएकाहरुसँग विवाद हुँदा हत्या भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार