मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

म्यान्माको सैनिक कूको निन्दाः बन्दी रिहाइ माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मानवअधिकार तथा शान्ति समाजले माघ १९ गते म्यान्मामा भएको सैनिक ‘कू’ र राजनीतिकर्मीको गिरफ्तारीको निन्दा गर्दै बन्दी बनाइएका सबै आस्थाका बन्दीको विनाशर्त रिहाइको माग गरेको छ ।

विसं २०७७ माघ २१ गते पोखरामा सम्पन्न समाजको केन्द्रीय कार्यसमिति बैठकले ‘बर्मा’मा सैनिक शासनको शीघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको छ ।

बैठकले कोभिड–१९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । नेपालमा भएको प्रतिनिधिसभा विघटनलाई समाजले अलोकतान्त्रिक ठहर गरेको महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो । विघटनको विरोधमा समाज जिल्ला शाखाको आयोजनामा २० स्थानमा गोष्ठी सम्पन्न भएका छन् ।

समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक आगामी फागुन २१ र २२ गते कास्की शाखाको आतिथ्यमा पोखरामा आयोजना हुँदैछ । यसका लागि कास्की शाखा सभापति अमृत सुवर्णकारका संयोजकत्वमा मूल तयारी समिति र १३ उपसमिति गठन भएको छ ।

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीका सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय कार्यसमितिका सदस्य र कास्की शाखाका पदाधिकारीसहितको सहभागिता रहेको समाजले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार