असार २३, २०८२ सोमबार July 7, 2025

मेयर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महोत्तरीको भङ्गाहा नगरपालिकामा सम्पन्न मेयर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । एपिएफ (सशस्त्र प्रहरी बल) क्लबसँगको आज भएको फाइनल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले २-१ को अन्तरले जीत हासिल गर्यो ।

भङ्गाहा नगरपालिकाको आयोजना र नेशनल युथ क्लव भङ्गाहा-५ को सहआयोजनमा माघ १६ गते शहीद दिवसका अवसरमा शुरु भएको प्रतियोगितामा मुलुकभित्रका आठ टिम सहभागी थिए । विजयी टिम र उपविजेतालाई जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले पदक र नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा प्रथम हुनेलाई पाँच लाख र उपविजेता टिमलाई दुई लाख नगद पुरस्कार प्रदान गरिएको हो ।

माघ १६ गते एन्फाका अध्यक्ष कर्माछिरिङ् शेर्पाले उद्घाटन गर्नुभएको प्रतियोगिता आज नेता भण्डारीले पदक तथा नगद पुरस्कार प्रदान गर्दै सम्पन्न भएको हो । भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया