काठमाडौंः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास गरेकाले अब १८ महिनासम्म ट्रायल (प्रयोगात्मक) परीक्षा दिन पाउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता डा. लोकनाथ भुसालले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।
लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीन पटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने नियम आइतबार परिवर्तन गरिएको विभागले जनाएको छ।
‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो’, विज्ञप्तिमा भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया