मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रहरी ऐन बनाउँदै प्रदेश सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ्ः सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून सुधार तथा सुझाव समितिले प्रदेश प्रहरी ऐन निर्माणलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रहरी ऐन निर्माणको तयारी थालेको छ । पाँच सदस्यीय विज्ञ टोलीले ऐन निर्माणका लागि समितिलाई सुझाव दिने र सरोकारवाला निकायसँग छलफल र परामर्श गर्न थालेको छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा प्रदेश प्रहरीको संरचनासहित सङ्घीय अनुसन्धान एकाइ पनि निर्माण हुने भएको छ । सङ्घीय एकाइको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षकबाट हुने छ । प्रहरीको अनुसन्धान प्रदेश प्रहरी र सङ्घीय अनुसन्धान एकाइबाट संयुक्तरूपमा हुने बताइएको छ ।

ऐनको पहिलो प्राथमिकतामा अति सीमान्तकृत नागरिकको प्रहरीमा पहुँच स्थापना गर्नु रहेको बताइएको छ । प्रहरी सेवालाई सहज तथा सरल बनाउनु र काम कारवाही पारदर्शी र न्यायोचित बनाउने रहेको बताइएको छ । मुलुकको सात सङ्घीय संरचनाअनुसार एउटा सङ्घीय प्रहरी एकाइसहित आठ एकाइ हुने परिकल्पनासमेत गरिएको छ । सुझाव समितिका विज्ञसमेत रहनुभएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीले प्रदेश प्रहरी ऐन सङ्घीयस्वरूप अनुसार प्रदेशको सामाजिक र भौगोलिक अवस्था सुहाउँदो बनाउन सुझाव दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय स्वरूप अनुसारको प्रदेश प्रहरी ऐन बन्नुपर्छ, मानवअधिकारमैत्री, नागरिकमैत्री, प्रविधिमैत्री बनाउन सुझाव दिएका छौँ ।” ऐनको मस्यौदाले हालको जिल्ला प्रहरी, इलाका प्रहरी, प्रहरी चौकीसहितको संरचनालाई परिवर्तन गरी नयाँ नामकरण हुनसक्ने परिकल्पनासमेत गरेको छ ।

ऐन निर्माणको क्रममा ऐनको मस्यौदाउपर जिल्लागत, समुदायगत तथा विभिन्न सरोकारवालाबीच छलफल थालिएको कानून सुधार तथा सुझाव समितिका सदस्य एवं सभासद् हरि श्रीपाइलीले जानकारी दिनभयो । उहाँका अनुसार उक्त मस्यौदालाई अन्तिम रूप दिई प्रदेशसभाको आउँदो हिउँदे अधिवेसनमा पेश हुने छ ।

विज्ञ टोलीमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह, बमबहादुर भण्डारी, पूर्व प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह, मानवअधिकारीवादी तथा नागरिक सुरक्षा विज्ञ शोभाकर बुढाथोकी र पूर्व न्यायाधीश केशरीराज पण्डित रहनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार