काठमाण्डौंः संखुवासभाको उच्च हिमाली क्षेत्रहरुमा बाक्लो हिमपात भएको छ। संखुवासभाको उत्तरी क्षेत्र चीनको सिमावर्ती किमाथाङ्का गाउँमा भारी हिमपात भएको हो । हिमपातसंगै त्यहाँका स्थानीयको जनजिवन प्रभावित भएको छ।
सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किमि टाढा रहेको किमाथाङ्का गाउँमा गएको मंसिर अन्तिम हप्तादेखि सामान्य हिमपात हुन सुरु भए पनि शनिवारदेखि भारी हिमपात सुरु भएको हो।
केहिदिन अगाडिसम्म माथि-माथिका डाँडाहरूमा सामान्य हिउँ परे पनि अहिले तल गाउँसम्म नै भारी हिमपात भएको किमाथाङ्का प्रहरी चौकीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए।
उनले बर्सेनि किमाथाङ्का गाउँ र गाउँमाथिको छेसुम्बा गुम्बालगायतका डाँडाहरु करिब ६ महिनासम्म हिउँ झर्ने गरे पनि अहिले तलतल गाउँसम्म नै बाक्लो हिमपात भएको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया