असार ९, २०८३ मंगलबार June 23, 2026

७९९ रुपैयाँमा वर्ल्डलिङ्कको इन्टरनेट र टिभी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले ग्राहकका लागि ‘तहल्का अफर’ सार्वजनिक गरेको छ । कम्पनीले सबैको पहुँचमा इन्टरनेट र टेलिभिजन सेवा पुर्‍याउने उद्देश्यका साथ यो आकर्षक अफर ल्याएको हो ।

यस अफर अन्तर्गत मासिक ७९९ रुपैयाँमै १० एमबीपीएसको इन्टरनेट र २ सयभन्दा भन्दा बढी च्यानल सहितको नेटटिभीको सुविधा प्राप्त गर्न सकिनेछ । थोरै मूल्य तिर्न सक्ने र इन्टरनेटको प्रयोग कम गर्ने ग्राहकलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको वर्ल्डलिङका सेल्स म्यानेजर शत्रुघन पञ्जियारले जानकारी दिए ।

‘हामीले खासगरी ग्रामीण भेगका ग्राहकलाई ध्यानमा राखेर यो प्याकेज ल्याएका हौं,’ उनले भने, ‘कस्टमाइज गरी नेपालमै नयाँ अभ्यास स्वरुप प्याकेज तयार पारिएको छ ।’ यो प्याकेज लिन चाहने ग्राहकले वार्षिक एकमुस्ट रुपमा ९,५८८ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

यस्तो प्याकेजमा ग्राहकले वाईफाईबाट मात्र इन्टरनेट प्रयोग गर्न सक्नेछन् । जसअन्तर्गत एक पटकमा तीन वटा डिभाइसमा मात्र इन्टरनेट प्रयोग गर्न सकिनेछ भने आईपीटिभी सेवा एउटा टेलिभिजनमा चल्नेछ ।

तर ल्यानबाट केबलबाट भने ल्यापटप तथा कम्प्युटरमा इन्टरनेट प्रयोग गर्न पाइने छैन । आईपीटिभीमा नेटटिभी स्ट्याण्डर्ड प्याकेज अनुसारका सबै च्यानल उपलब्ध हुने पञ्जियारले बताए ।

यसअन्तर्गत टिभीमै युट्युव समेत हेर्न सकिने उनको भनाइ छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार जुनसुकै बेला अन्य प्याकेजमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जसमा ग्राहकले वार्षिक रुपमा ३० एमबीपीएसका लागि १५००० रुपैयाँ, ४० एमबीपीएसका लागि १७५०० रुपैयाँ र ६० एमबीपीएसका लागि २२००० रुपैयाँका विभिन्न प्याकेज रोज्न सक्नेछन् । यी प्याकेजहरु एक महिना र तीन महिनाका लागि समेत उपलब्ध छन् ।

यो अफर वर्ल्डलिङ्कको पहुँच भएका सबै स्थानका लागि ल्याइएको हो । यसमा पुराना ग्राहक समेत सहभागी हुनसक्ने जनाइएको छ । ‘जसले अहिले धेरै पैसा तिरिरहेका छन्, तर इन्टरनेटको प्रयोग कम हुन्छ, उनीहरुले समेत यो प्याकेज लिन पाउने छन्,’ पञ्जियारले टेकपानासँगको कुराकानीमा भने । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग, देशव्यापी प्रतिरोध गर्ने निर्णय
२०८३ असार ९, मंगलबार
आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद
२०८३ असार ९, मंगलबार
अब कांग्रेस जनमुखी राजनीतिमा फर्किनुपर्छ : सभापति थापा
२०८३ असार ९, मंगलबार
विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति
२०८३ असार ९, मंगलबार
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
२०८३ असार ९, मंगलबार
राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना
२०८३ असार ९, मंगलबार
फिफा विश्वकप : अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन
२०८३ असार ९, मंगलबार