मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

मार्सेलीलाई २-० ले पराजित गर्दै पीएसजी शिर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेली बिरुद्द जित दर्ता गरेको छ ।

आइतबार राति मार्सेलीको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा पीएसजीका लागि एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

पहिलो हाफमै दुई शुन्यले अगि रहेको पाहुना टोली पीएसजीले सजिलै जित निकालेको हो । यस्तै खेलको इन्जुरी समयमा दिमित्री पायटले रातो कार्ड पाएपछि अन्तिम केहि समय मार्सेली १० खेलाडीमा समेटिएको थियो ।

जितसंगै पीएसजीले शीर्ष स्थानको लिलसँगको अंक दुरी कम गर्न सफल भएको छ । पीएसजीले २४ खेलमा ५१ अंक जोडेको छ । पराजित मार्सेली ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया