काठमाण्डौः सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशीस्थित नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया