काठमाण्डौंः राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन सरकारसँग आग्रह गरेको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा बिहिबार गएको सदस्यसहितको टोलीले अनशनस्थल वीर अस्पताल पुगी गङ्गामायाको अवस्थाको अवलोकन गर्नुका साथै भइरहेको उपचारको सम्बन्धमा वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरी लगायतका चिकित्सकसँग जानकारी लिएको छ ।
आयोगले आमरण अनशनमा बस्दा जीवन जोखिममा पर्न सक्ने भएकाले स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गरेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनरत गङ्गा मायाकोे स्वास्थ्य अवस्थाप्रति आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया