असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला लिगमा पुलिस क्लब विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि सृजना खड्का, रेखा पौडेल र निर्मला विकले एक÷एक गोल गर्नुभयो । मध्यान्तरअघिको खेलमा पुलिस क्लबले १–० गोलको मात्र अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा खड्काले पहिलो गोल गर्नुभयो ।

मध्यान्तरपछिको खेलमा पुलिसले थप दुई गोल गरेको थियो । खेलको ५४औँ मिनेटमा विकले गोल गर्दै पुलिसलाई २–० को स्थितिमा पुर्याउनुभयो । यस्तै खेलको ८५औँ मिनेटमा पौडेलले गोल गर्दै पुलिसलाई ३–० गोल अन्तरले विजयी दिलाउनुभयो । पुलिस हालसम्म नौ खेलमा १४ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । यस्तै चन्द्रपुर नौ खेलमा ६ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया