वैशाख २२, २०८१ शनिबार May 4, 2024

काँग्रेसले टुंगो लगायो उम्मेदवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन हुने प्रतितिधि र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । विवादका बीच काँग्रेसले मनोनयनपत्र दर्ताको अघिल्लो दिनमात्रै उम्मेदवारी टुंगो लगाएको हो ।

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले उम्मेदावर चयन गरेको प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन ।

उनका अनुसार प्रतिनिधिसभा कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।

यस्तै प्रदेशसभातर्फ बागलुङ–२ को (ख)मा जित शेरचन, दाङ–३ को (ख) मा केशव आचार्य र भक्तपुर १ को (क) माकृष्ण भँडेललाई टिकट दिइएको छ ।

काँग्रेसले सस्थापन इतर पक्षको असहमतिका बीच उम्मेदवार टुंगो लगाएको हो ।

बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा समूहगत शक्ति सन्तुलन नमिलेपछि संस्थापन इतर पक्ष बैठक छाडेर बाहिरिएको थियो ।

बैठक बहिस्कार गर्नेमध्येका एक नेताले भने, ‘हामी सबै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सितावेदी यादवले सभापतिजीलाई जे गर्नुछ तपाईँ गर्नुहोस् भनेर निस्कियौँ ।’

तर उनीहरुको बहिस्कारका बीच पनि सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा बसेर उम्मेदवार चयन गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार