काठमाण्डौंः उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका सचिवालय सदस्य ईश्वर पोखरेलले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पुरा गर्न ताजा जनादेशमा जानु परेको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानु परेको बताएका हुन् ।
मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टी भित्र देखिएको पदलोलुपता र सत्ता लिप्साको कारण लक्षित योजनाले साकार रूप पाउन नसकेको बताए । साथै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताले प्रत्यक्ष विकासको अनुभव गर्ने गरी काम गरिरहेको दाबी गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया