काठमाण्डौंः चार जना पूर्वप्रधानन्यायाधीश अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालत पुगेर जवाफ दिएका छन्।
पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सर्वोच्च अनदाल पुगेर लिखित जवाफ दिएका हुन्।
प्रतिनिधिसभा विघटनबारे विज्ञप्ति जारी गरेका चार जना पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलनामा मुद्दा परेको थियो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको घटनालाई असंवैधानिक भन्दै आएका छन् ।
न्यायाधीश मनोज शर्माको इजलासले उनीहरुलाई सात दिन भित्र आफै उपस्थित भएर लिखित जवाफ दिन भनेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया