श्रावण ३, २०८२ शनिबार July 19, 2025

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ: मन्त्री ढकाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै उहाँले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकारको पूर्ण सहयोग रहने बताउनुभयो । “पूर्वीय दर्शनको उद्गम भूमि नेपाललाई धार्मिक पर्यटनमार्फत प्रचारप्रसार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपालको प्रतिष्ठानका संरक्षक वाचन प्रवीण दिनवन्धु पोखरेलले नेपाल वेद र बुद्धको उद्गम थलो भएकाले वेदको योग र बुद्धको ध्यानलाई विश्वव्यापीरूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । प्रतिष्ठानको रु नौ करोड लागतमा बद्रीनारायण धाम निर्माण भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया