कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

गायत्री परिवारलाई बाँसबारीबाट हटाउन खोजेकाप्रति विश्व हिन्दु महासङ्घको कडा आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घका महासचिव गणेशप्रसाद नेउपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते गायत्री परिवारलाई पत्र लेखी स्थान खाली गर्न भनेको प्रति आपत्ति जनाएका छन्। पन्ध्र वर्षअघिदेखि स्थानीय सरकारको सहमति र स्थानीय समाजको सहभागितामा बाँसबारीमा खाली रहेको सार्वजनिक जग्गा सफाइ गरी दिव्यधामको परिकल्पना गरेर सामान्य पवित्र कुटी निर्माण गरी नित्य जप, ध्यान, भजनकीर्तन, अखण्ड दीप प्रज्वलन र नित्य पूजन तथा हवन गरी ठूलो जनसमुदाय लाभान्वित भएको महासङ्घले जनाएको छ ।

राष्ट्र शान्ति, समृद्धि तथा विश्व शान्तिको कामनाले गायत्री परिवारले आध्यात्मिक अभियान चलाउँदै आएको छ । विगतमा वडा कार्यालयले गायत्री परिवारका गतिविधिको निरीक्षण गरी सहयोग गर्ने, सिफारिस गर्ने लगायतसमेत गर्दै आएको महासचिव नेउपानेले बताए । मन्त्रहरुको पनि मूल गायत्री मन्त्र उत्पत्ति भएको नेपाललाई विश्वमै चिनाउने उद्देश्यले काम गरिरहेका बेला वडा कार्यालयले गरेको हस्तक्षेप बन्द गर्न महासङ्घले सरकारसँग माग गरेको छ । नेपाललाई गुरु राष्ट्र बनाउने अभियानमा रहेको संस्थामाथिको हस्तक्षेप समग्र देशप्रतिकै आक्रमण भएकाले यसविरुद्ध एक हुन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

देशको गौरव बढाउन काम गरिरहेको संस्थालाई साथ र सहयोग दिनुको सट्टा उखेल्ने र लखेट्ने उद्देश्यले स्थानीय सरकार लागिपरे महासङ्घलगायत देशभर छरिएर रहेका ९४ प्रतिशत ओमकार परिवार आन्दोलनमा उत्रन बाध्य हुने पनि उनले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार