असार १०, २०८३ बुधबार June 24, 2026

भक्तपुर २ ‘ख’ मा कांग्रेसका कृष्ण भँडेलले गरे उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । प्रदेशसभा सदस्यका लागि भक्तपुर २ ‘ख’मा हुने उपचुनावमा नेपाली कांग्रेसका कृष्णप्रसाद भँडेलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि आयोजित सभामा कांग्रेसका नेताहरुले यो चुनाव जनमत संग्रह पनि भएको बताएका छन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा सिटले सरकार नढल्ने र नबन्ने तर सन्देश दिन सक्ने बताएका छन । उनले अघि भने, ‘दुईअढाइ वर्षमा सरकारले ठीक गरेको छ भने उहाँहरुलाई भोट दिनुस् । बेठीक गरेको छ भने कांग्रेसलाई भोट दिनुस् ।’

उपचुनावमा नेकपालाई जिताइयो भने सरकार अझै विग्रिएर जाने उनको दाबी छ ।

अघिल्लो चुनावमा नेकपालाई भोट दिनेहरुको अपेक्षा यस्तो अराजकता भ्रष्टाचार हुन्छ भन्ने नभएको भन्दै उनले अघि भने, बालुवाटारमा ककसको नाममा जग्गा निस्किएको छ, खोज्ने यो बेलामा हो । सुन काण्डका ठूला माछा खोल्ने बेला यही हो ।’

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा आफ्नो पार्टीको जित सुनिश्चित भएको बताएका छन । यो चुनाव जनमत संग्रह पनि भएको भन्दै उनले लोकतन्त्रवादी कि अधिनायकवादीको पक्षमा उभिने जनताले निर्णय गर्नुपर्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार