काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाको (प्रचण्ड-माधव) समूहका ६ जना कार्यकर्ता रहेका जनाइएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार दहचोक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री ओली सोही बाटो हुँदै जाने तयारी थियो । प्रधानमन्त्री सडक मार्ग भएर जानेबेला कालो झण्डा देखाउन सडक छेउमा पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेकपाको प्रचण्ड–नेपाल समूहका दाताराम पनेरु, बिमल लम्साल, विनोद भट्ट, उत्सव भट्ट र प्रितम भट्ट छन् । पक्राउ परेका ६ जनालाई नै महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ ।
संसद विघटन पछि विभाजित भएको नेकपाको प्रचण्ड–माधव अहिले संसद पुन:स्थापनको मागसहित आन्दोलनमा छ । संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले प्रधानमन्त्री र मन्त्रीहरुलाई कालोझण्डा देखाउने गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया