मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सर्वोच्चको कारण डा. केसीको अनशन स्थगित (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बुधबारदेखि बस्ने भनेको अनशन स्थगित गरेका छन् । उनले संसद् विघटन गरी देशलाई अनिर्णयको बन्दी बनाएको भन्दै बुधबारदेखि आमरण अनशन बस्ने निर्णय गरेका थिए । यद्दपी सर्वोच्च अदालतले संसद् पुनर्गठनको निर्णय गरेलगत्तै डा. केसीले अनशन स्थगित गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णय फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले बुधबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका डा. केसीले प्रधानमन्त्रीको उक्त निर्णयका कारण देशलाई प्रतिगमनतिर धकेल्ने प्रयास तत्कालका लागि असफल भएकाले आफूले अनशन स्थगित गरेको बुधबार माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

विगतमा आफूसँग सरकारले गरेको सम्झौता सबै पूरा गर्नु कुनै पनि नयाँ सरकारको कर्तव्य हुनेछ । डा. केसीले नेकपा र नेपाली कांग्रेस लगायत प्रमुख राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठः

प्रेस विज्ञप्ति

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको छ । देशको सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा यही थियो ।

तर प्रतिनिधि सभा पुनसर््थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौं । अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन ल्याउँदैन । पछिल्ला तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन ।

खास गरी राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गरेका थिए, ती तत्काल सच्चिनुपर्छ । संवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मुल्य चुकाउनुपर्छ भन्ने त यस अगाडि लोकमान सिंह कार्की प्रकरणमा हामी सबैले देखिसकेका छौं । ती निकायहरुको गरिमा फर्काउन अब सही बाटोबाट योग्य व्यक्तिहरुको नियुक्ति गर्नुको विकल्प छैन ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि हामीले जति पनि माग राख्दै आएका छौं र जति सम्झौता हामीसित राज्यले गरेको छ, ती सबै पूरा गर्नु कुनै पनि नयाँ सरकारको कर्तव्य बन्ने कुरा नेकपा र नेपाली काँग्रेसलगायत सबै प्रमुख राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँछौं । २०५२ सालपछिको अवधिमा सांसद किनबेचसहित विकृत गठबन्धन राजनीतिको जस्तो अभ्यास भयो, त्यो अब कुनै पनि हालतमा दोहोरिनु हुँदैन । अब जुनसुकै सरकार आए पनि त्यसलाई निरन्तर खबरदारीसहित उत्तरदायी बनाउनु नागरिकका रुपमा हामी आफ्नो कर्तव्य सम्झन्छौं ।

तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं । तर हामीसित विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने कुरा जानकारी गराउँछौं ।

डा. गोविन्द केसी
काठमाडौं
२०७७ फागुन १२

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार