काठमाण्डौंः औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घूससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग २ लाख घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सुवेदीलाई विराटनगर महानगरपालिका ३ को एक होटल नजिकबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको मोरङका अख्तियारको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
घूससहित पक्राउ परेका सुवेदीमाथि थप अनुसन्धान भइरेको अख्तियारको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया