काठमाण्डौंः गृह मन्त्रालयले ५२ जना सहसचिव र उपसचिवको सरुवा र पदस्थापन गरेको छ ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५२ जना कर्मचारीकाे सरुवा गरेका छन् ।
ओखलढुंगा, सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेखलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया